कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह भोलि « Khabarhub

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह भोलि


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ विद्यार्थीहरु दीक्षित हुनेछन् । स्नताक तहमा कृषिबाट चार सय ६८, वनबाट एक सय ३६, पशुचिकित्साबाट एक सय पाँच, मत्स्य विज्ञानबाट २३ जना गरी ७३२ जना दीक्षित हुनेछन् ।

स्नातकोत्तर तहमा कृषिबाट एक सय ८९, वन विज्ञानबाट ६१, पशुविज्ञानबाट २७, पशु चिकित्साबाट ४९ र मत्स्य विज्ञानबाट १० गरी तीन सय ३६ र विद्यावारिधिअन्तर्गत कृषि सङ्कायतर्फबाट विभिन्न विधाका गरी १५ र पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा दुई गरी १७ विद्यार्थी दीक्षित हुने उनले जानकारी दिए ।

दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने र प्रमुख अतिथिका रुपमा भारतको डा. वाईएस पारमर विश्विद्यालयका उपकुलपति (भाइचान्सलर) प्रा. डा. राजेश्वर सिंह चण्डाल रहनेछन् ।

दीक्षान्त समारोहमा तीन वटै सङ्कायमा सर्वाधिक अङ्क प्राप्त गरी सङ्काय प्रथम हुने विद्यालयलाई उपकुलपति पदक र सर्वाधिक अङ्क ल्याउनेमध्ये सर्वोत्कृष्ठ अङ्क ल्याई विश्वविद्यालय सर्वप्रथम हुने एकरएक जनालाई कुलपति पदक प्रदान गरिने उनले बताए ।

विसं २०६९ बाट सुरु भएको हाल स्नातक तहमा नौ सय ३४ र वन विज्ञान सङ्कायमा एक सय ८९ विद्यार्थी अध्ययनरत रहेका छन् । विश्वविद्यालयअन्तर्गत विभिन्न सङ्काय र कलेजमा यस वर्ष स्नातक कार्यक्रममा सात सय २८, स्नातकोत्तरमा दुई सय ३० र विद्यावारिधी कार्यक्रममा १४ विद्यार्थी भर्ना भएका छन् । हालसम्म विश्वविद्यालयमा चार हजार नौ सय ४५ विद्यार्थी अध्ययन रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : १६ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले