प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग « Khabarhub

प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए ।

पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । उनले भने, “गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा प¥यो, परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो ।”

सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा यो रोगको सङ्क्रमण देखापरेको भए पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूपमा देखापरेको प्रमुख पन्तले बताए । उनले भने, “यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ ।”

गाई, गोरु, भैँसीमा यो रोग देखापरेको भए पनि गाई र गोरुमा बढी सङ्क्रमण देखापरेको बताइएको छ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्ने गर्दछन् । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेको तथ्याङ्क नआएको केन्द्रले जनाएको छ ।

शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको बताए । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन छैन । उनले भने, “उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ । बेटाडिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौँ ।”

पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भीणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्दछ ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो ९पर्सो० व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तिमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ ।

लम्पी भाइरल रोग नेपालमा विसं २०७७ मा मोरङबाट फैलिएको होे । त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : २७ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु