प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग « Khabarhub

प्रकोपका रूपमा फैलियो लम्पी स्कीन रोग


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए ।

पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । उनले भने, “गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा प¥यो, परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो ।”

सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा यो रोगको सङ्क्रमण देखापरेको भए पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूपमा देखापरेको प्रमुख पन्तले बताए । उनले भने, “यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ ।”

गाई, गोरु, भैँसीमा यो रोग देखापरेको भए पनि गाई र गोरुमा बढी सङ्क्रमण देखापरेको बताइएको छ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्ने गर्दछन् । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेको तथ्याङ्क नआएको केन्द्रले जनाएको छ ।

शिवनाथ गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउदका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको बताए । यो रोग निको पार्नेसम्बन्धी कुनै भ्याक्सिन छैन । उनले भने, “उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिने काम सुरु गरेका छौँ । बेटाडिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौँ ।”

पशुचौपायामा लम्पी स्कीन रोग देखापरेपछि किसान चिन्तित भएका छन् । यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ । यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, ¥याल र सिँगान काढ्ने, गर्भीणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्दछ ।

रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो ९पर्सो० व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तिमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ । पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्रले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ ।

लम्पी भाइरल रोग नेपालमा विसं २०७७ मा मोरङबाट फैलिएको होे । त्यसपछि चितवनमा देखापरेको यो रोग बैतडीमा पनि देखापरेको जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ८ : २७ बजे

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि