उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट « Khabarhub

उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रवीना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माण नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्यलगायत विषयमा छलफल गरेको थियो ।

भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आए पनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराएका थिए ।

सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गरे । सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सबै निकायको समर्थन आवश्यक रहेको बताए ।

भेटमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लागानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ । उनले लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पूँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्नसमेत आह्वान गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,