दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै « Khabarhub

दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ ।

नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । “निर्माण क्रममा मध्यवर्ती क्षेत्रका कारण केही अवरोध देखिए पनि अहिले कामले तीव्रता पाएको छ”, उनले भने, “दुई तले लिफ्टसहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको हो ।”

अस्पताल निर्माणपछि यहाँका नागरिकले घर आँगनमै स्वास्थ्य सेवा पाउने उनको भनाइ छ । आगामी असारमा निर्माण सम्पन्न सक्ने गरी केएस जेबी बाशुलिङ मित्र जेबीसँग रु १० करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले सङ्घीय सरकारको कार्यक्रमअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल बनाउने योजनाअनुरूप अस्पताल निर्माण भइरहेको बताए । “अस्पताल निर्माण भइसकेपछि कम्तीमा दुई विशेषज्ञ चिकित्सक बस्ने प्रस्ताव गरिएको छ”, उनले भने, “अहिले नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट सामान्य स्वास्थ्य सेवा पाइरहेका छन ।” उनले दोधारा चाँदनीमा अहिले गैरसरकारी संस्थाको सहयोगमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ५९ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,