मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : ईश्वर पोखरेल « Khabarhub

मुलुकको समृद्धि एमालेबाट मात्र सम्भव : ईश्वर पोखरेल


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको समृद्धि आफ्नै दलबाट मात्र सम्भव हुने बताएका छन् । महोत्तरीको जलेश्वरमा आज पार्टीको ‘मिसन ग्रासरुट’ अभियानबारे अगुवा कार्यकर्ताका लागि प्रशिक्षण कार्यक्रममा उनले मुलुकको अग्रगति र जनताका समस्याबारे बुझ्ने पार्टी एमाले मात्र भएको बताए।

एमालेले विगतमा सरकारको नेतृत्व सम्हाल्दा मधेसमा पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक, हुलाकी सडक, रेल सञ्चालनका लागि पूर्वाधार निर्माणमात्र नभएर किसानका खेतखेतमा पानी पु¥याउन सुनकोशी मरिन डाइभर्सनको काम थालेको पोखरेलको भनाइ छ । मधेसको विकासका लागि एमाले नेतृत्वको सरकारले थालेका काम पूरा गर्न फेरि एमाले नै नेतृत्वमा आउन पर्ने उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले आफ्नो दलको प्राथमिकतामा सरकार नरहेको स्पष्ट पार्दै आउने निर्वाचनमा आवश्यक बहुमत जुटाउन पार्टी कार्यकर्तालाई आम जनतासँगको सम्बन्ध सुमधुर बनाउन निर्देश गरे। पार्टीको जारी ‘मिसन ग्रासरुट’ अभियानकै क्रममा साङ्गठनिक काम व्यवस्थित गरेर अघि बढ्न पोखरेलले कार्यकर्तालाई अपिल गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठले मधेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा अहिले पनि आफ्नो दल पहिलो रहेको उल्लेख गर्दै आउने निर्वाचनमा भने स्पष्ट बहुमतसहितको बन्ने दाबी गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ११ : ०१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर