मुगुका ज्येष्ठ नागरिक कुखुरा पालनमा आकर्षित | Khabarhub Khabarhub

मुगुका ज्येष्ठ नागरिक कुखुरा पालनमा आकर्षित


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाका ज्येष्ठ नागरिक कुखुरा पालनमा आकर्षित भएका छन् । सोरु गाउँपालिका–९ कालै गाउँका सिंहबहादुर शाहीसहित ज्येष्ठ नागरिक कुखुरा पालनप्रति आकर्षित भएका छन् ।

७२ वर्षीय शाही कुखुरा पालनबाट भएको आम्दानीले बुढ्यौलीको सहारा बनेको बताउँछन् । उनी मात्र होइनन् कालै गाउँका दर्जनौँ ज्येष्ठ नागरिकहरु पछिल्लो समय कुखुरा पालन गर्न थालेका छन् । १०० वटा कुखुरा पालन गरी रहेका कृषकहरूलाई कुखुरापालनले घर खर्च टर्नुका साथै छोराछोरी पढाउन सहयोग पुग्ने अपेक्षा पुनदेवी रावलको छ ।

व्यावसायिक कुखुरा पालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगबाट सोरु गाउँपालिकाको कालै र धार्क गाउँका ६६ जना कृषकहरूलाई २ हजार ३ ७५ कुखुराका चल्ला वितरण गरिएको छ ।  जसमा कालै गाउँका ६१ जनामध्ये ६ जना नमुना कृषकलाई प्रत्येक १०० वटा कुखुराका चल्ला वितरण गरिएको छ भने बाँकी ५५ जना लाई प्रत्येक १० वटा कुखुरा वितरण गरिएको कार्यालयले जनाएको छ ।

खजुरामा रहेको संघीय कार्यालय कुखुरा विकास फर्मबाट न्युहेम्पसायर र ब्ल्याकस्टक गरी दुई प्रजातिका चल्ला वितरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ५० बजे

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु

काठमाडौं– भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय

गुटबन्दीकै कारण पार्टीले ठूलो धक्का खाएको छ : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एकीकृत समाजवादीको महाधिवेशनको तयारी पूरा 

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भोलिबाट हुने दशौँ महाधिवेशनको सम्पूर्ण तयारी

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन– जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको