शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित « Khabarhub

शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

मुम्बई –  अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन्।

यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन्। फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ।

अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ। यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो। तर अहिले भने यसको गोपनीयता पनि बाहिरिएको छ।

समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ बाट प्रभावित छ। ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो।

‘आखिरी रास्ता’ या ‘ओरु कैदियिन डायरी’ मा अमिताभ तथा कमल हसन पिता र छोराको दोहोरो भूमिकामा थिए। ठीक यसै गरी शाहरुख पनि ‘जवान’ मा पिता र छोरोको भूमिकामा देखिँदैछन्। ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ।

‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन्। सोही कारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन्। ‘जवान जुन २, २०२३ मा रिलिज हुँदैछ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ०५ बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र