लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला « Khabarhub

लिटिल मिस एन्जेल-२०२३ को आवेदन खुला


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस एन्जेल २०२३’ को आवेदन खुला भएको छ।

यही मे २१ देखि शुरु हुने ‘लिटिल मिस एन्जेल २०२३’ प्रतियोगिताका लागि आयोजक कलश इभेन्टले आवेदन खुला गरेको हो।

इभेन्टका प्रबन्ध निर्देशक सञ्जय महर्जनले प्रतियोगितामा ९ देखि १३ वर्ष उमेर समूहका बालिकाहरुले सहभागिता जनाउन पाउने बताए। चौथो संस्करणको यो प्रतियोगिताका लागि आयोजकले सहभागीलाई व्यक्तित्व विकास, नेतृत्व, आत्मविश्वास, बाल यौन दुव्र्यवहारबारे सचेतना कक्षा, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व विषयमा प्रशिक्षण दिनेछन्।

आवेदन शुल्क ५ सय तोकिएको प्रतियोगितामा प्रतियोगीहरूले ग्रान्ड फिनालेका लागि एक सेट प्रिमियम डिजाइन गरिएको पोशाक, ब्रान्डको नाम अंकित मिस एन्जल नेपाल छापिएको टी–सर्ट प्राप्त गर्नेछन। तालिम विद्यालय समयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म हुनेछ। तालिम जेठ ७ आइतबारबाट सुरु हुनेछ र ग्राण्ड फिनाले जेठ २७ गते हुनेछ।

रोहिया महर्जनको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहितको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १२ : ०९ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर