लडाकुलाई आर्थिक सहयोग भन्दा पनि स्वरोजगार बनाउनुपर्छ : नेता महर | Khabarhub Khabarhub

लडाकुलाई आर्थिक सहयोग भन्दा पनि स्वरोजगार बनाउनुपर्छ : नेता महर


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले परिवर्तनका लागि लडेका माओवादीका लडाकुलाई आर्थिक सहयोग दिने भन्दा पनि स्वरोजगार बनाउनु पर्ने बताएका छन् । स्वास्थ्य खवर पत्रिकाको हेल्थ अवार्डद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने उनले बताए।

मुलुक चरम आर्थिक संकटतर्फ रहेको अवस्थामा राज्य ढुकुटीबाट माओवादीका अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय उपयुक्त नहुने उनले बताए । त्यो रकमलाई उत्पादनशील क्षेत्रमा लगाउन सके सबैको हितमा हुने महरको तर्क छ। पुराना सम्झौताका कुरा भए पनि मुलुक र ती युवाका लागि के बढी हितकर हुन्छ भन्ने विषयमा राज्य र सरकार गम्भीर बन्नुपर्ने महरले बताए।

‘आज मुलुक आर्थिक संकटमा छ। सरकारले कर्मचारीलाई नै तलब खुवाउन समस्या भोगिरहेको कुरा आइरहेको छ। यस्तो अवस्थामा सरकार सचेत नभए जनतामा वितृष्णा पैदा हुन्छ। व्यवस्थाप्रति अविश्वास बढ्छ। त्यसैले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ। ती युवा साथीहरू एक-दुई लाखको लागि लड्नु भएको होइन। उहाँहरूको योगदानको कदर गर्दै दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्नुपर्छ,’ उनले भने। 

करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रुपियाँका दरले बाँड्दा करिब ८० करोड राज्य ढुकुटीबाट सकिने छ। गत चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले अयोग्य माओवादी लडाकुहरूलाई जनही दुई लाख रुपैयाँ दिने निर्णय गरेको थियो। 

जसको माओवादीबाट समर्थन हुँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेसले विरोध गर्दै आएका छन्। सरकारको उक्त निर्णयको जनस्तरबाट पनि विरोध हुँदै आएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ०८ बजे

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा