मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय « Khabarhub

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रिय


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सर्लाही– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरिबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताएका छन् ।

आज सर्लाहीको बागमती नगरपालिका-११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताए।  उनले थपे, ‘भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।’

बागमती नगरपालिका-११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरेका छन् । 

बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ६ : ०१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका