वर्तमान गठबन्धन सरकार सफल नभए देश दुर्घटनामा पर्ने खतरा : गृहमन्त्री श्रेष्ठ « Khabarhub

वर्तमान गठबन्धन सरकार सफल नभए देश दुर्घटनामा पर्ने खतरा : गृहमन्त्री श्रेष्ठ


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गरे । जनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पारे ।

उनले गठबन्धन सरकार राष्ट्रियता, भ्रष्टाचार र विभेदका समस्या समाधान गर्न निर्मम भएर लागिपरेको बताए । स्व. कोइराला परिवारलाई आवास हस्तान्तरणसहित नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी भएका गृहमन्त्री श्रेष्ठले देशमा पटक–पटक भएका सशस्त्र द्वन्द्वबाट प्राप्त उपलब्धिलाई विश्वविद्यालय सम्झिँदै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत बताए ।

उनले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त भएको जनताको संविधानमाथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताए । गृहमन्त्री श्रेष्ठले अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताए ।

प्रतिकूल परिस्थितिको गठबन्धन सरकार भएकाले माओवादी केन्द्रले चाहँदैमा मात्र जनताका सबै माग पूरा गर्न सक्ने अवस्था नरहेकोसमेत बताउँदै उनले भ्रष्टाचारमा शून्य सहनशीलता, शान्ति सुरक्षा कायम गराउने, जनतालाई स्वतन्त्ररूपमा जीवन जिउन सक्ने बनाउने, महिला हिंसा, जातीय विभेद अन्त्य गर्ने, अपराध, ठगी, गुण्डगर्दी, मिटरब्याजीविरुद्धको बृहत् अभियान बनाएर लाग्नेलगायतका काममा आफ्नो ध्यान केन्द्रित भएको जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ३९ बजे

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी