रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह « Khabarhub

रङ्गशालाका लागि पर्याप्त बजेट विनियोजन गरिनेछ : मन्त्री सिंह


१६ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले प्रादेशिक रङ्गशाला निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिने बताएका छन् ।

प्रदेश गौरवको आयोजनाका रूपमा रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित रङ्गशालाका लागि आगामी आर्थिक वर्षको बजेटमा पर्याप्त बजेटको व्यवस्था गरिने बताएका हुन् ।

राष्ट्रिय लेखा दिवस २०८० का अवसरमा प्रदेश लेखा नियन्त्रक कार्यालयले आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगिताको आज समापन कार्यक्रममा मन्त्री सिंहले कर्णालीलाई खेलकुदका क्षेत्रमा अब्बल बनाउन पनि यस क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले खेलाडीको संरक्षण र क्षमता विकासका लागि प्रदेश सरकार तयार रहेकोसमेत उल्लेख गरे। “खेल क्षेत्रलाई मर्यादित बनाउन गर्नुपर्ने कामका लागि प्रदेश सरकार तयार छ”, मन्त्री सिंहले भने । उक्त अवसरमा मन्त्री सिंहले ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरे।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानबहादुर बमका अनुसार तीन दिनसम्म चलेको प्रतियोगितामा ९३ समूह सहभागी भएका थिए । प्रदेशभित्रका कर्मचारीसहित सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, बाँके र कैलालीको समूहसमेत प्रतियोगितामा सहभागी भएका भएका थिए । कर्मचारीतर्फ कविन्द्र पुन र ईश्वर रावलको समूह प्रथम हुँदा महेशसिंह ठकुरी र खगेन्द्र माझीको समूह द्वितीय हुनुभयो । यस्तै फणेन्द्र रेग्मी, तुल्सी घर्ती, कमल खत्री र रुपसिंह विकको समूह तृतीय हुनुभएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : ४५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम