राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान « Khabarhub

राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते विहान ११ बजेबाट साधारण सभा सुरु हुने जनाएको छ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–०६९, २०६९–०७० र २०७०–०७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–०७१, २०७१–०७२ र २०७२–०७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यसपटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । जसका कारण लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा उल्लेखित आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरू पनि पेश गरिँदैछ । 

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : ५० बजे

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा