राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान « Khabarhub

राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आह्वान


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय बीमा कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३१ गते विहान ११ बजेबाट साधारण सभा सुरु हुने जनाएको छ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८–०६९, २०६९–०७०२०७०–०७१ र निर्जीवन बीमा विभागको आर्थिक वर्ष २०७०–०७१, २०७१–०७२२०७२–०७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ । 

यसपटक पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । जसका कारण लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा उल्लेखित आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरूको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरू पनि पेश गरिँदैछ । 

सर्वसाधारण सेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ । सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ११ : ५० बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी