टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : चौधरी « Khabarhub

टीकापुर घटनाको अनुसन्धान गर्न छानविन आयोग गठन गर्नुपर्छ : चौधरी


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसका लागि धरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उनको भनाइ छ । 

उनले टीकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गरे । त्यही फिल्मको रणभुल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए । चौधरीले टीकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गरे । उनले आम माफी पाएर आफू रिहा भएपनि आफूहरू हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे । चौधरीले टीकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निर्क्यौल गर्नुपर्ने जिकिर गरे ।

उनले टीकापुर घटनालाई राजबन्दीहरूलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । चौधरीलाई उनका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए । 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ०१ बजे

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले