जनअपेक्षालाई यथोचित सम्बोधन गर्नू : अध्यक्ष तिमिल्सिना « Khabarhub

जनअपेक्षालाई यथोचित सम्बोधन गर्नू : अध्यक्ष तिमिल्सिना


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनअपेक्षा अनुरूप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिर्वतनप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेकाले नागरिकको परिर्वतनप्रतिको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष तिमिल्सिनाले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतीत भइसकेको छ, जनअपेक्षा अनुरूप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिंगो  राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा गर्ने आवाज सुनिन थालेका छन् ।’

उनले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको जनाउँदै जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैमा एक उन्नत राजनीतिक प्रणाली भएको बताए ।

उनले सन्देशमा भनेका छन्, ‘नागरिकको परिवर्तनप्रतिको तीव्र आकाङ्क्षाको यथोचित सम्बोधन, उपलब्ध साधन र स्रोतको उच्चतम् परिचालन, मौलिक अधिकारको कार्यान्वयन एंव न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्पूर्ण सरोकारवाला सिर्जनशील रुपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु ।’

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ४ : ११ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक