कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट  « Khabarhub

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट 


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय  संसद्मा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको बताए ।

गत आर्थिक वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २४ दशमलव ७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४ दशमलव १ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जिडिपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ ।

चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गत ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । आगामी वर्ष यसको आकार तीन अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ५ : ४५ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा