स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य | Khabarhub Khabarhub

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीय स्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

अर्थमन्त्री डा महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताए ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : १५ बजे

पर्यटक लोभ्याउँदै जापानको उड्ने कार 

काठमाडौं– जापानको टोकियोमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टर बाहिर

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो