बजेटमा समेटियो रुपन्देहीको कृषि उपज केन्द्र « Khabarhub

बजेटमा समेटियो रुपन्देहीको कृषि उपज केन्द्र


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवलमा निर्माणको तयारी गरिएको कृषि उपज केन्द्रलाई सरकारले बजेटमा समावेश गरेको छ ।

बुटवल उपमहानगरको सेमलारमा रु दुई अर्बभन्दा बढी लगानीमा आधुनिक कृषि बजार निर्माण हुन लागेको हो । स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल उपमहानगर–१५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढाउन बजेट विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।

रुपन्देहीको सैनामैना र बुटवलको बीचमा एकीकृत थोक कृषि बजार निर्माण हुने भएकोे छ । बुटवलमा रहेको कृषि थोक बजार केन्द्र साँँघुरो भएपछि बुटवल–१६ र सैनामैना–१ को बीच भागमा पर्ने डहरगाउँ कर्साघाटमा ग्रिनपार्क बनाइने भएको हो । सङ्घीय सरकारले दुई नगरसँगको सहकार्यमा अत्याधुनिक एकीकृत कृषि बजार निर्माण लागेको हो ।

नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा बन्ने केन्द्रमा कृषि उपज सङ्कलन, प्रशोधन, बिक्री वितरण र भण्डारणका लागि वातावरणीय जोखिम मूल्याङ्कन गर्ने काम भइरहेको बुटवल उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिए ।

नेपाल सरकारले नेदरल्यान्डस् सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणका लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनका लागि अनुदान सम्झौता भएको थियो ।

सो बजारमा एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदाम राख्ने योजना छ । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहितको गोदाम घर, खाद्य, तरकारी, फलफूलको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, प्रशोधन केन्द्र र बीउ भण्डार गृह निर्माण गरिने प्रस्ताव छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ५८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने