अबको ‘एजेन्डा’ समृद्धि र सुशासन : मन्त्री किराँती « Khabarhub

अबको ‘एजेन्डा’ समृद्धि र सुशासन : मन्त्री किराँती


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गणतन्त्रात्मक मुलुकको अबको ‘एजेन्डा’ आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् ।

काठमाडौँमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को समुद्घाटन समारोहमा मन्त्री किराँतीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विकासमा अग्रसर गराउनु नै अहिलेको आवश्यकता भएको बताए । उनले यही जीवनकालमा युद्ध, शान्ति आएको र यही जीवनकालमा नै समृद्धि ल्याउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचार नियन्त्राणका लागि युद्ध अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री किराँतीले आज गणतन्त्र दिवसका अवसरमा समृद्ध नेपालका निम्ति सङ्कल्प गर्ने दिन पनि भएको बताए ।

समाराहेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने सोच बनाएको बताए। समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मर्मानुसार यस्ता प्रतिष्ठानहरुले आआफ्नो भूमिकालाई प्रभावकारी गराउनुपर्ने बताए । उनले अहिलेको समाजअनुसार कला कस्तो हुने भनेर बहस गर्ने बेला आएको पनि बताए ।

सो क्रममा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला प्रदर्शनीले मुलुकको विकास र संस्कृति संरक्षणमा सहयोग पुग्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले पुरस्कृत व्यक्तिहरुका बारेमा जानकारी गराएका थिए। प्रदर्शनीको उद्घाटन समारोहमा ललितकला क्षेत्रका कलाकार, पत्रकार तथा अग्रज व्यक्तिहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको छ । प्रतिष्ठानको कार्यालय नक्साल र नेपाल कला परिषद् बबरमहलमा आज एकैसाथ कला प्रदर्शनी सुरु भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १० : ०२ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले