एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व « Khabarhub

एभरेष्ट म्याराथनमा नेपालीकै वर्चस्व


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकै अग्लो स्थानमा हुने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनमा नेपाली धावकले बाजी मारेका छन । सगरमाथा आधार शिविरबाट सोलुखुम्बुको नाम्चेसम्म (४२ किलोमिटर) हुने खुल्ला फुल म्याराथन तीन घण्टा ४८ मिनेट ५४ सेकेन्डमा पार गर्दै नेपालका सुमन कुलुङ प्रथम भए।

योसहित उहाँ यो प्रतियोगितामा तीन पटक विजेता भइसक्नुभएको छ । सोही दूरी तीन घण्टा ५७ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपालका दलबहादुर कुँवर दोस्रो एवं चार घण्टा दुई मिनेट तीन सेकेन्ड लगाउँदै नेपालकै उमेश राई तृतीय भए। ७० किलोमिटरको एक्सट्रिम अल्ट्रा विधामा ८ घण्टा ३८ मिनेट ९ सेकेन्ड लगाउँदै नेपालका तीर्थबहादुर तामाङ पहिलो, नेपालकै तिलकबहादुर सुनुवार ९ घण्टा २ मिनेट ३१ सेकेन्ड लिँदै दोस्रो एवं नेपालकै किरन कुलुङ्ग ९ घण्टा २६ मिनेट ३८ सेकेन्ड लिँदै तेस्रो भए ।

एक्काइस किलोमिटरको हुने हाफ म्याराथनमा भारतकी सम्झना राई प्रथम भए । उनले तीन घण्टा १९ मिनेट ४८ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । अष्ट्रेलियाका एम्मा विलियम्स तीन घण्टा २१ मिनेट ४१ सेकेन्ड लगाउँदै दोस्रो तथा रुसका अलेक्जेण्डर ब्रुट्सेव तीन घण्टा २३ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भए ।

बयालीस किलोमिटरको विदेशी विधातर्फ चार घण्टा ४७ मिनेट १० सेकेन्ड लिँदै अमेरिकाका टेट पोल्म्यान पहिलो, छ घण्टा छ मिनेट ५१ सेकेन्ड लिँदै अष्ट्रेलियाका कियरा बेस्म्यानो दोस्रो तथा छ घन्टा ३० मिनेट ४३ सेकेन्ड लिँदै चीनका म्यथ्यु विलियम तेस्रो भए ।

बयालीस किलोमिटरकै महिला विधामा नेपालकी मञ्जु रावतले पाँच घण्टा २८ मिनेटमा पार गर्दै पहिलो, नेपालकै लाक्पा मिङ्मा शेर्पा पाँच घण्टा २८ मिनेट ३६ सेकेन्ड लिँदै दोस्रो एवं दिलकला कुलुङ पाँच घण्टा ३१ मिनेट ५४ सेकेन्ड लिँदै तेस्रो भएको कार्यक्रम संयोजक शिशिर पाँडेले बताए ।

यसपल्ट ६९ नेपालीसहित २८ देशबाट दुई सय चार जनाले भाग लिएको आयोजक हिमालय एक्स्पिडिसनका संस्थापक विक्रम पाँडे काजीले जानकारी दिए । म्याराथनमा अमेरिका, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, जर्मनी, भारतलगायत देशबाट धावकले भाग लिएको उनले बताए ।

प्रतियोगितामा १७ वर्षदेखि ७२ वर्ष उमेरकाले पनि भाग लिएको उनले जानकारी दिए । सगरमाथामा पहिलोपल्ट मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाइला टेकेको अवसर पार्दै १९ वर्षदेखि एभरेष्ट म्याराथन हुँदै आएको छ । तेन्जिङ र हिलारीले सन् १९५३ मे २९ पहिलोपल्ट सगरमाथामा पाइला टेकेका थिए । हिमालय आरोहणको ७०औँ वर्षको विशेष अवसर पारेर यो पटक म्याराथनबाहेक अन्य कार्यक्रम पनि गरिएको उनको भनाइ छ ।

एभरेष्ट म्याराथन कर्पोरेट म्याराथनको रूप मात्र नभएर पर्यटन प्रवर्द्धनमा गरिँदै आएको अध्यक्ष पाँडेले बताए । “एभरेष्ट म्याराथनले नेपाललाई विश्वमै चिनाउन सहयोग गर्दै आएको छ । नेपालमा पर्यटक भित्र्याउन म्याराथन सहयोगी भएको छ”, उनले भने, “प्राकृतिक सुन्दरता, मनोरम दृश्य र जोखिमपूर्ण भएकाले पनि एभरेष्ट म्याराथनले छुट्टै परिचय स्थापित गरेको छ ।”

सगरमाथा आरोहणको ७० वर्षको विशेष अवसरमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट, न्युजिल्यान्डका महावाणिज्य दूत लिजा छोय्ग्याल र अमेरिकी दूतावासका ज्यसोन मिक्सले सगरमाथा राष्ट्रिय निकुञ्जभित्र लालीगुराँस रोपेका थिए। म्याराथनका लागि बुद्ध जन्मस्थल लुम्बिनीबाट लुम्बिनी टर्चमा बुद्ध ज्योति बाली सगरमाथा आधार शिविर पु¥याइएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  १० : ३२ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६