कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने « Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संकटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकार माथि विश्वासको संकट उत्पन्न भए पछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । 

एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । 

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकारको समर्थन जोगाइ राख्न मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको समर्थन आवश्यक पर्दछ । बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासको मत दिने आशा राखेको छ । जसपासँग एक मत रहेको छ ।

जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोशीमा विश्वासको मत पाउने अपेक्षा गरेको हो ।

हाल कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् । 

अहिले कोशी प्रदेशमा विपक्षी गठबन्धनमा रहेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँगसँग सभामुखसहित ४७ सांसद छन् । मतदानको क्रममा बराबरी मत आए सभामुखको मत निर्णायक हुनेछ ।

 

 

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ६ : ३८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक