पाकिस्तानमा एकै परिवारका ९ जनाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा एकै परिवारका ९ जनाको गोली हानी हत्या


१४ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानको एक घरमा सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरेको छ । 

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हो । घटनामा दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका ९ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।

खैबर पख्तुनख्वाबाट जारी स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टका अनुसार यो मामिला दुई परिवारबीचको वैवाहिक विवादसँग सम्बन्धित छ। मंगलबार राति विवाद बढ्दै गएपछि केही व्यक्तिको हस्तक्षेपपछि दुवै पक्ष घर फर्किएका थिए ।

राति अबेर एक परिवारका सदस्य राइफल लिएर अर्को परिवारको घरमा पसे । त्यतिबेला त्यहाँ उपस्थित सबै मानिसहरू गहिरो निद्रामा थिए। यसैबीच आक्रमणकारीले गोली चलाउन थाले । उनले दुई कोठामा सुतिरहेका ९ जनाको हत्या गरेका थिए ।

बेतखेलाका एक प्रहरी अधिकृतले घटनाको पुष्टि गरेका छन् । भने,  ‘यो मामिला दुई परिवारबीचको विवाद हो ।’ केही रिपोर्टका अनुसार आरोपीलाई उनकी श्रीमतीले उक्साएको थियो । यसपछि उनले हत्या गरे । प्रहरीले अभियुक्तको नाम भने खुलाएको छैन । उनी फरार छन् ।

घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ७ : २५ बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न