पाकिस्तानमा एकै परिवारका ९ जनाको गोली हानी हत्या « Khabarhub

पाकिस्तानमा एकै परिवारका ९ जनाको गोली हानी हत्या


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानको एक घरमा सशस्त्र समूहले आक्रमण गरी ९ जनाको हत्या गरेको छ । 

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा ९ जनाको मृत्यु हो । घटनामा दुई जना घाइते भएका छन् ।

मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै केही व्यक्तिले एक घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा एकै परिवारका ९ व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीले बताए ।

खैबर पख्तुनख्वाबाट जारी स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्टका अनुसार यो मामिला दुई परिवारबीचको वैवाहिक विवादसँग सम्बन्धित छ। मंगलबार राति विवाद बढ्दै गएपछि केही व्यक्तिको हस्तक्षेपपछि दुवै पक्ष घर फर्किएका थिए ।

राति अबेर एक परिवारका सदस्य राइफल लिएर अर्को परिवारको घरमा पसे । त्यतिबेला त्यहाँ उपस्थित सबै मानिसहरू गहिरो निद्रामा थिए। यसैबीच आक्रमणकारीले गोली चलाउन थाले । उनले दुई कोठामा सुतिरहेका ९ जनाको हत्या गरेका थिए ।

बेतखेलाका एक प्रहरी अधिकृतले घटनाको पुष्टि गरेका छन् । भने,  ‘यो मामिला दुई परिवारबीचको विवाद हो ।’ केही रिपोर्टका अनुसार आरोपीलाई उनकी श्रीमतीले उक्साएको थियो । यसपछि उनले हत्या गरे । प्रहरीले अभियुक्तको नाम भने खुलाएको छैन । उनी फरार छन् ।

घटनालगत्तै सुरक्षाअधिकारी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए र पीडितहरूलाई स्थानीय अस्पतालमा लगिएको थियो ।

मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ७ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन