साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु « Khabarhub

साउदी अरबमा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली सुरक्षागार्डलाई गोली लागेपछि उपचारको क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । मृत्यु हुनेको पहिचान खुलाइएको छैन । 

बन्दुक बोकेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

अधिकारीहरूका अनुसार बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ। 

गोली प्रहारबारे अनुसन्धान भइरहेको छ । साउदी अरेबियाका रहेको अमेरिकी वाणिज्य दूतावासलाई पछिल्ला वर्षहरूमा धेरै पटक निशाना बनाइएको छ ।

सन् २०१६ मा कम्पाउण्ड नजिकै भएको विस्फोटमा एक आत्मघाती हमलाकारीको मृत्यु र दुई जना घाइते भएका थिए । २००४ मा पाँच व्यक्तिले अमेरिकी वाणिज्य दूतावासमा बम आक्रमण गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  १० : ३५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड