गुरु कुट्नेलाई सरकारले संरक्षण गर्‍यो : ओली « Khabarhub

गुरु कुट्नेलाई सरकारले संरक्षण गर्‍यो : ओली


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको आरोप लगाएका छन् ।

आज काठमाडौँ आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयतर्फ संकेत गर्दै ओलीले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको बताए ।

उनले भने, ‘सभ्यताको दियो बाल्ने देश, गुरुदेवो भवः भन्ने देश आज गुरुको ढाड खुस्क्याउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ ।’

अध्यक्ष ओलीले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको उल्लेख गर्दै यसबाट जोगिनुपर्ने बताए ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  १ : ३० बजे

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब