देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ | Khabarhub Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं, मकवानपुर र सिरहाबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित सातघट्टे चोकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी १ सय ४० ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा रातमाटे गाउँपालिका-४ घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय अमर कुमार खत्री र सर्लाही घर भई काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया मनसुन पाण्डे रहेका छन् ।

अस्थायी प्रहरी विट गागलफेदीबाट खटिएको प्रहरीले प्र.३-०२-०१५ प ४४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ रोयल पार्टी प्यालेस अगाडिबाट अवैध लागूऔषध गाँजा १२ केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ लोथर बस्ने १७ वर्षीय र १४ वर्षीय गरी २ जना किशोरी रहेका छन् । अस्थायी प्रहरी पोस्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरकै राक्सिराङ गाउँपालिका-५ बम्कीङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने बस्तु ३ केजी ४ सय ६० ग्राम र नगद ५० हजार रूपैयाँसहित मनहरी गाउँपालिका-७ रमनटार बस्ने ३६ वर्षीय प्रलाद दर्जीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा.५३ प ४५३९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरुष मोटरसाइकल छाडी फरार भएपश्चात् मोटरसाइकल तलासी गर्दा उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार दर्जीलाई पक्राउ गरेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाकै सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६२ ग्राम २१ मिलिग्राम र डिजिटल मेसिनसहित सिरहा नगरपालिका-२० बस्ने १९ वर्षीय सत्यनारायण कारकसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको स.१० प ६१७७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ४ : ४५ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल