हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते « Khabarhub

हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते


१४ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लाको सिमकोटमा आगलागीमा परी एक जना घाइते भएका छन् । मिनरल वाटरको बोतलमा रहेको पेट्रोल टुकीमा खन्याउने क्रममा आगलागी हुँदा सिमकोटमा एक जना युवक घाइते भएका छन् ।

घरमा उज्यालो पार्न टुकीमा पेट्रोल खन्याउने क्रममा बुधबार राति ८ बजे नजिकै रहेको भान्साको आगोले टिप्दा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका–३ को राया गाउँका ३४ वर्षीया मेघनाथ टमटा टुकीमा पेट्रोल हाल्ने क्रममा भान्साको चुलोबाट सल्केको आगोले पेटको भाग, अनुहार, दुबै हातको नाडी, वायाँ खुट्टा जलेको छ ।

आगोले जलेर घाइते भएका टमटालाई बिहीबार बिहान साढे तीन बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार  ५ : ५५ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा