राप्रपा नेपाल जनसङ्घर्षको बाटोबाट अघि बढ्छ : कमल थापा | Khabarhub Khabarhub

राप्रपा नेपाल जनसङ्घर्षको बाटोबाट अघि बढ्छ : कमल थापा


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदवाव, जनसङ्घर्ष र जनआन्दोलन भएको बताएका छन् ।

जिल्ला समिति काठमाडौँद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे ।

उनले राष्ट्र निर्माणको फरक बिचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रुपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तीव्र चलखेलबाट मुलुक आक्रान्त भएको चर्चा गर्दै थापाले सडक सङ्घर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूसँग एकता र सहकार्य हुन सक्ने समेत स्पष्ट पारे ।

केही ठूला दलका मुठ्ठी भरका नेताहरूको निमित्त मात्र यो व्यवस्था स्वर्ग भएको भन्दै थापाले भ्रष्टाचारीलाई दण्डित गर्ने भन्दा पनि संरक्षण गर्ने व्यवस्था अब टिकाउ हुन नसक्ने ठोकुवा गरे ।

प्रशिक्षणमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । 

कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद सङ्गठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धी धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १० : ०२ बजे

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त