विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा « Khabarhub

विराट कोहलीको शतक : कोलकातालाई हराउँदै आरसिबी आइपिएलको शीर्ष स्थानमा


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रायपुर – विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रायपुरमा बुधबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

आरसिबीको जितका नायक विराट कोहली रहे । उनले ६० बलमा १०५ रनको विस्फोटक अविजित इनिङ्स खेले । उत्कृष्ट ब्याटिङ गरेका कोहली ‘प्लेयर अफ द म्याच’ बने ।

पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । तर, कोहलीको लयका अगाडि कोलकाताका बलर निरिह देखिए ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७१ रन बनाए । उनको इनिङ्समा ७ चौका र ३ छक्का समावेश थिए ।

अन्त्यतिर रिंकु सिंहले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ४९ रनको महत्वपूर्ण योगदान दिए । इनिङ्सको सुरुवातमा फिन एलेनले ८ बलमा १८ रनको तेज पारी खेले भने कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडे । क्यामरन ग्रीनले पनि २४ बलमा ३२ रनको योगदान दिए ।

तालिकाको शीर्ष स्थानमा उक्लिएको आरसिबीले १२ खेल खेल्दै आठ जित निकाल्दै १६ अंक जोडेको छ । समान अंक भए पनि गुजरात टाइनेन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । ११ खेल खेलेको कोलकाता भने ९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ६ : ०७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल