शान्ति सुरक्षाका लागि छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना  | Khabarhub Khabarhub

शान्ति सुरक्षाका लागि छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

रुपन्देही रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । बढ्दो बजारीकरण र आर्थिक चलायमान हुँदै गए पछि शान्ति सुरक्षा र अपराध न्यूनिकरणमा सहयोग पुग्ने उद्देश्यका साथ अस्थायी चौकी स्थापना गरि २४ घण्टा नै प्रहरी सेवा दिन लागिएको हो ।

भौगोलिक रुपमा पनि इलाका प्रहरी कार्यालय करिब ५ किलोमिटर टाढा रहेकोले र बढ्दो चोरी, लुटपाट तथा लागूऔषध दुर्व्यसनको घटनाबाट स्थानीय त्रसित भएकोले  न्यूनिकरण गर्दै व्यवस्थित बजार र सुशासन कायम गराउँदै स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरत विश्वकर्माले भने । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश जोशीले अस्थायी प्रहरी पोस्टको उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले जनसंख्या बढ्दै गई चहल र आर्थिक क्रियाकलाप बढ्दै गएकोले स्थानीय, सियारी गाउँपालिका र सुरक्षा समितिको आवश्यकता अनुसार  सुरक्षाका दृष्टिले संवेदनशील भएकाले अस्थायी प्रहरी पोस्टको स्थापना सुरुवात मात्रै रहेको हो, यसलाई चौकी र इप्रका हुँदै अगाडि बढाउदै जानु पर्ने बताए ।

अहिले यहाँ आमूल परिवर्तन भएकोले यहाँ सम्म आएका छौ, स्थानीयले प्रहरीलाई सूचना दिएर समाजमा हुन सक्ने आपराधिक क्रियाकलापदेखि समाजका विकृति, विसंगती सबै न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताए । मन भित्र सबैको पाप हुने हुँदा शिक्षा र विवेकको प्रयोग भए अपराध आफै रोकिने बताए । 

साथै, प्रदेश प्रहरी कार्यालयले प्रदेशका ३ वटा जिल्ला दाङ, रूपन्देही र बाँकेमा डिजिटल प्रणालीबाट जरिवाना असुल गर्ने प्रणालीको विकास गरेको छ भने पूर्व पश्चिम राजमार्गको विभिन्न ठाँउमा भएको चेक प्वाइन्ट र अनावश्यक चेकजाँचलाई हटाई सीमित र आवश्यकता अनुसारको चेकजाँचले सडकमा प्रहरी कम भए पनि राजश्व बढेको बताए ।

बढ्दो आपराधिक क्रियाकलाप र स्थानीयको मागलाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोष्ट स्थापना गरेकोमा धन्यवाद दिँदै स्थानीयले अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि धेरै खुसी भएको प्रतिक्रिया दिए । प्रहरी पोस्ट नभएका कारण विभिन्न घटना घट्ने तथा शान्ति सुरक्षाका लागि निकै समस्या हुने गरेको थियो । पोस्टको स्थापना पछि हामीसँग पनि प्रहरीको साथ छ, हाम्रो सुरक्षाका निम्ति प्रहरी २४ घण्टा खटिने भएकोले यस क्षेत्रमा चोरीका घटना मात्र होइन महिला हिंसा लगायतका आपराधिक क्रियाकलापले प्रसय नपाउने उनीहरूले सुनाए । यसले शान्ति सुरक्षा अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धानमा समेत थप मद्दत पुग्ने र हामीहरू प्रहरी सेवा लिन इलाका प्रहरी कार्यालय समेत जान नपर्ने बताए । 

हालै स्थापना गरिएको पोस्टबाट प्रहरीले दत्तचित्त भएर निष्पक्षरूपमा नागरिकको शान्ति सुरक्षाको क्षेत्रमा काम गर्ने अपेक्षा लिएको सियारी गाँउपालिका अध्यक्ष थानेश्वर घिमिरेले भने । अब छपिया चोकमा शान्ति सुरक्षा अमनचैनमा प्रहरी पोस्टले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको र नागरिकबाट पनि प्रहरीलाई सदैव पूर्ण सहयोग हुने बताए । 

सो अवसरमा बोल्दै सहायक जिल्ला अधिकारी ध्रुव बहादुर कुवँर, लुम्बिनी प्रेस क्बलकी अध्यक्ष समझना शर्मा, वडाध्यक्ष श्रीराम यादव लगायतले स्थानीय बासीको माग, शान्ति सुरक्षा, जीउधनकै रक्षाका लागि गाँउपालिकाको सक्रियतामा प्रहरी चेक पोस्ट स्थापना भएकोले छपिया चोक अब व्यवस्थित हुँदै सुशासन कायम हुने बताए । स्थापना भएको अस्थायी प्रहरी पोस्टमा जुनियर प्रहरी अधिकृतको नेतृत्वमा २४ घण्टा नै प्रहरी सेवा दिइने छ । 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  १ : ०२ बजे

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा

लेबनानको पुनर्निर्माणका लागि विश्व बैंक तयार

काठमाडौं – विश्व बैंकका एक वरिष्ठ अधिकारीले हिजबुल्लाह–इजरायल द्वन्द्व अन्त्य

नबिलको फेलोसीपले ‘इन्टर्नसीप खोज्नेका साथी’ बनेका कुनाल

काठमाडौं – विश्वविद्यालय तहको अधिकांश विषयमा अनिवार्य प्रयोगात्मक अङ्कभार व्यवस्था

कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्रीको आग्रह 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार

मा‌ओवादी र रास्वपालक्षित ओलीको टिप्पणी : झिंगाले सराप्दैमा वर्तमान सरकार ढल्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले