दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित « Khabarhub

दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट छ सय ४१ लाभान्वित भएका छन् । गाउँपालिकाको वडा नं १ स्थित बारपाक स्वास्थ्यचौकीमा भएको शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

शिविरमा बिरामीले रगत परीक्षण, इसिजीलगायत उपचार सेवा लिएका गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । गोरखा अस्पताल र ग्रिनसिटी हस्पिटलको प्राविधिक सहयोग तथा मुटु फाउन्डेशन, मनोज एसोशियसन, नमस्ते फ्रान्स ग्रेनोबल युनिभर्सिटीको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको उनले बताए।

वडा कार्यालयको आयोजना, बारपाक सामुदायिक वन उपभोक्ता समितिको सहआयोजना भएको उक्त शिविरको पहिलो दिनमा दुई सय एकले सेवा लिएका थिए भने दोस्रो दिन चार सय ४० भन्दा बढीले सेवा लिएको स्वास्थ्य शिविरका संयोजक धनबहादुर गुरुङले जानकारी दिए। 

सेवा लिनेमध्ये एक सय २४ को ल्याब, एकसय ७० को सुगर परीक्षण, ८१ को इसिजी परीक्षण र एक सय ८० को भिडियो एक्स–रे गरिएको उनले बताए। उनका अनुसार शिविरमा आउने अन्य बिरामीले पनि उपचार गराएका थिए ।

गोरखा अस्पतालका स्त्रीरोग विशेषज्ञ दीक्षा पौड्याल, डा अनिरुद्र थपलिया, ग्रिनसिटी अस्पतालका डा निदान रावल, डा रोशन भक्तिलगायत चिकित्सकको टोली शिविरमा संलग्न रहेका स्वास्थ्य शिविरका संयोजक गुरुङले बताए।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  २ : २२ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल