काँकडभिट्टाबाट भन्सार छलीका सामान बरामद | Khabarhub Khabarhub

काँकडभिट्टाबाट भन्सार छलीका सामान बरामद


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

झापा– गस्तीमा खटिएको नेपाल प्रहरीको टोलीले पूर्वीनाका काँकडभिट्टाबाट भन्सार छलेको रू एक करोड २० लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ ।

शुक्रबार साँझ ७ः३० बजेतिर मेची भन्सार कार्यालयभन्दा लगभग पाँच सय मिटर पश्चिमतर्फ शंकास्पद अवस्थामा पार्किङ गरी राखेको ना२ख ४९०२ नंको मालवाहक कन्टेनरमा उक्त सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

सामानसहितको कन्टेनरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको उनले बताए। उनका अनुसार आज बिहान कन्टेनर खोलेर सामानको विवरण संकलन गरिएको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त गस्ती टोलीले उक्त सामान बरामद गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

कन्टेनरभित्र बौद्धमार्गीले प्रयोग गर्ने काँसको झ्याम्टा, साबुन, हुक्कालगायत सामान रहेको उनले बताए। उनका अनुसार प्रहरीको गस्ती टोली पुग्नुअघि नै कन्टेनरका चालक फरार भएका थिए । ‘बरामद सामानको आयातसम्बन्धी कुनै बिलबीजक र राजस्व तिरेको कागजात भेटिएको छैन’, रेग्मीले भने, ‘उक्त कन्टेनर भन्सारबाट कर नतिरी भित्र्याएको हो कि होइन भन्ने बारे अनुसन्धान गरिरहेका छौँ ।’

थप अनुसन्धान गरी कानुनी कारबाही लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले उक्त कन्टेनर भन्सार भित्रबाट नआएको बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ३ : ५८ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न