‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो’ « Khabarhub

‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो’


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी– दाङमा यस वर्ष किसानले अनुदानको रासायनिक मल पर्याप्त पाएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानको रासायनिक मल वितरण गरेपछि मलको अभाव नभएको किसानले बताएका छन् ।

अनुदानको मल सहज रुपमा पाएपछि धान रोपाइँ गरेको घोराही उपमहानगरपालिका–१ रामपुरका हिमाल चौधरीले बताए। ‘हाम्रो गाउँमा आधाभन्दा बढी धान रोपाइँ भइसकेको छ । सिँचाइको सुविधा छ, मल पनि समयमा पायौँ । धान रोपाइँ गर्न सजिलो भयो’, उनले भने । 

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका मनोज चौधरीले दुई बिघा खेतमा धान रोपेका छन् । ‘गाउँमा रहेको कृषि सहकारीमार्फत असार अन्तिम साता रासायनिक मल लिएको हो’, उनले भने, ‘मलको अभाव नभएपछि धान रोपाइँ सजिलै सकियो ।’

तुलसीपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तीर्थराज न्यौपानेले आर्थिक वर्ष २०७९-८० मा तुलसीपुरमा युरिया मल एक हजार नौ सय ५४, डिएपी एक हजार दुई सय ८१ र पोटास ४२ मेट्रिक टन आएको जानकारी दिए। उनका अनुसार हालसम्म युरिया एक हजार नौ सय ३८ दशमलव, डिएपी दुई हजार दुई सय ३३ र पोटास ५४ मेट्रिक टन बिक्री गरिएको छ । पोटास अघिल्लो वर्षको मौज्दात रहेको जानकारी दिँदै न्यौपानेले आव २०७८-७९ भन्दा गत वर्ष समयमा मल उपलब्ध भएकाले किसानलाई वितरण गर्न सजिलो भएको बताए ।

त्यस्तै, आव २०७९-८० मा लमही कार्यालयमा धान खेतीलाई लक्षित गरेर युरिया मल एक हजार दुई सय ५३, डिएपी पाँच सय ९७ र पोटास ६३ मेट्रिक टन प्राप्त भएकामा युरिया एक हजार एक सय ८०, डिएपी पाँच सय ७०, पोटास ६४ मेट्रिक टन बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड लमहीका प्रमुख सुस्मा बस्यालले जानकारी दिए। उनका अनुसार कृषि चुन आव २०७८-७९ को मौज्दात रहेको २० मेट्रिक टन बिक्री गरिएको हो ।

अहिले लमही कार्यालयमा युरिया ७२, डिएपी ३६ र कृषि चुन नौ मेट्रिक टन मौज्दात रहेको प्रमुख बस्यालले जानकारी दिए। देउखुरी क्षेत्रका किसानले धान रोपाइँ गरिसकेकाले मल मौज्दात रहेको उनले बताए । जिल्लामा अहिले पनि मल आउने क्रम रहेकाले मलको अभाव नहुने उनको भनाइ थियो ।

लमहीमा १८, राप्तीमा सात, गढवामा १२ र राजपुरमा पाँचवटा सहकारीमार्फत मल वितरण भइरहेको प्रमुख बस्यालले जानकारी दिए। कृषि सामग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टोपाराम गौतमले आर्थिक वर्ष २०७९-८० मा युरिया दुई हजार तीन सय सात, डिएपी एक हजार तीन सय, पोटास ६६ र कृषि चुन दुई हजार एक सय मेट्रिक टन आएको जानकारी दिए। 

उनका अनुसार युरिया दुई हजार दुई सय ९५, डिएपी एक हजार तीन सय सात र पोटास ९२ मेट्रिक टन सहकारीमार्फत वितरण भइसकेको छ । हाल कार्यालयमा युरिया १२, डिएपी २५ र कृषि चुन २१ मेट्रिक टन मौज्दात रहेको प्रमुख गौतमले जानकारी दिए । 

जिल्लाका तीन स्थान (घोराही, तुलसीपुर र लमही) बाट कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत अनुदानको रासायनिक मल वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ४ : ५३ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको