काठमाडौँका नगरप्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन « Khabarhub

काठमाडौँका नगरप्रहरीको ज्यादतीविरुद्ध प्रदर्शन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सडक तथा साइकलमा व्यवसाय गर्ने साना व्यापारीहरुमाथि काठमाडौँ महानगरपालिकाका नगरप्रहरीले ज्यादती गरेको भन्दै साना व्यापारीहरुले प्रदर्शन गरेका छन् ।

आफूहरुलाई गरिखान नदिएको र नगर प्रहरीले चरम ज्यादती गरेको भन्दै साना व्यापारीहरुले भृकुटिमण्डपमा प्रदर्शन गरेका हुन् ।

ठेलागाडा, साइकल तथा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले उचित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । ठेलागाडा, साइकल तथा फुटपाथ व्यवसाय प्रतिबन्ध लगाउनुको साटो सबैलाई गरिखान दिन अन्य स्थानमा विकल्प दिनुपर्ने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा सहभागीहरुले ‘बालेन, सुनिता तिमीहरूलाई मत र साथ दिनु के गल्ती नै थियो’, ‘गरिब होइन गरिबी हटाऊ’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ४१ बजे

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो