कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र | Khabarhub Khabarhub

कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र



दोहा– रोजगारीका लागि कुवेत पुगेका ७५ भन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको शान्तिनगरमा रहेको फस्ट ग्रोथ वर्डवाइज इम्पोइमेन्ट सर्विसेस,टिजीएल नेपाल प्रालि लगायत अन्य विभिन्न मेनपावरका साखा मार्फत कुवेत पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कुवेतमा रहेको लाम्याक प्लस जनरल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा पुगेका उनीहरु अहिले कम्पनी बन्द भएरपछि अलपत्र परेको बताइएको छ । कम्पनी बन्द भएर मालिक भागेपछि उनीहरूले ९ महिना देखि तलब पाएका छैनन् ।

कम्पनीले सुरु देखि नै तलब दिन ढिलाई गरेको भन्दै पीडितहरूले तलब माग्दा केहीलाई नेपाल डिपोर्ट गरेको बताए । अहिले कम्पनी बन्द भएर मालिक भागेपछि अलपत्र अवस्थामा रहेको र निकै समस्या भएको  भीम मगरले खबरहबलाई जानकारी दिए ।

‘हामीले नै महिना देखि तलब पाएका छैनौ, अहिले कम्पनी बन्द गरेर मालिक हाम्रो पासपोर्ट समेत लिएर भागेको छस उनले भने, अहिले हामी कोठामै अलपत्र अवस्थामा छौँ, पहिला त खाना पनि ल्याईदिन्थ्यो अहिले त कहिलेकाहीँ मात्र दिन्छ, खान नल्याई दिएको दिन खबुस र पानी खाएर बस्नु परेको छ ।’

कम्पनी बन्द तथा मालिक भागेपछि दुई पटकसम्म कुवेतस्थित लेबरकोर्ट गरेको तार, त्यहाँ जाँदा वकिल राख्नु पर्ने भएको कारण आफूले वकिललाई दिने पैसा नभएकाले केही गर्न नसकेको उनीहरूले बताए ।

समस्या लिएर पटक-पटक त्यहाँस्थित नेपाली दूतावास पुगेको भएपनि दूतावासले पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल नभएको उनीहरूको भनाइ छ । नेपाली ७० देखि ७५ जनासम्म रहेको तथा अन्य बंगलादेश, श्रीलंका, इन्डियन गरी २५० जना अलपत्र अवस्थामा रहेको बताएका छन् । कुवेतमा पछिल्ला केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरू अलपत्र पर्ने क्रम बढेको छ ।

दस हजारको रसिद दिएर २ लाख ५० हजारसम्म असुली

यसैबीच पीडितहरूलाई मेनपावरले राम्रो कम्पनी तथा आकर्षक तलब हुने भन्दै प्रतिव्यक्ति डेढ लाख देखि २ लाख ५० हजारसम्म लिएर कुवेत पठाएको पाइएको छ । पीडितहरूका अनुसार मेनपावरले कुवेतको राम्रो कन्ट्राक्टिङ कम्पनी भनेर चर्को रकम लिएर पठाएको भएपनि यहाँ त्यस्तो राम्रो नभएको बताएका छन् ।

मेनपावरले फ्री भिसा फ्री टिकटको नाममा विदेश जाने हरेक श्रमिकहरूलाई दस हजारको रसिद थमाएर लाखै रुपैयाँ असुली गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : २८ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी