कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र « Khabarhub

कम्पनी बन्द भएपछि कुवेतमा ७५ नेपाली अलपत्र



दोहा– रोजगारीका लागि कुवेत पुगेका ७५ भन्दा बढी नेपाली युवा अलपत्र परेका छन् । काठमाडौँको शान्तिनगरमा रहेको फस्ट ग्रोथ वर्डवाइज इम्पोइमेन्ट सर्विसेस,टिजीएल नेपाल प्रालि लगायत अन्य विभिन्न मेनपावरका साखा मार्फत कुवेत पुगेका उनीहरु अलपत्र परेका हुन् ।

कुवेतमा रहेको लाम्याक प्लस जनरल ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा पुगेका उनीहरु अहिले कम्पनी बन्द भएरपछि अलपत्र परेको बताइएको छ । कम्पनी बन्द भएर मालिक भागेपछि उनीहरूले ९ महिना देखि तलब पाएका छैनन् ।

कम्पनीले सुरु देखि नै तलब दिन ढिलाई गरेको भन्दै पीडितहरूले तलब माग्दा केहीलाई नेपाल डिपोर्ट गरेको बताए । अहिले कम्पनी बन्द भएर मालिक भागेपछि अलपत्र अवस्थामा रहेको र निकै समस्या भएको  भीम मगरले खबरहबलाई जानकारी दिए ।

‘हामीले नै महिना देखि तलब पाएका छैनौ, अहिले कम्पनी बन्द गरेर मालिक हाम्रो पासपोर्ट समेत लिएर भागेको छस उनले भने, अहिले हामी कोठामै अलपत्र अवस्थामा छौँ, पहिला त खाना पनि ल्याईदिन्थ्यो अहिले त कहिलेकाहीँ मात्र दिन्छ, खान नल्याई दिएको दिन खबुस र पानी खाएर बस्नु परेको छ ।’

कम्पनी बन्द तथा मालिक भागेपछि दुई पटकसम्म कुवेतस्थित लेबरकोर्ट गरेको तार, त्यहाँ जाँदा वकिल राख्नु पर्ने भएको कारण आफूले वकिललाई दिने पैसा नभएकाले केही गर्न नसकेको उनीहरूले बताए ।

समस्या लिएर पटक-पटक त्यहाँस्थित नेपाली दूतावास पुगेको भएपनि दूतावासले पनि बेवास्ता गरेको उनीहरूको गुनासो छ । आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन र म्यानपावरका सञ्चालकलाई कारबाही गरी क्षतिपूर्ति दिलाइदिन उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उद्धारका लागि विभिन्न निकायहरूलाई अनुरोध गरिरहेको भए पनि अहिलेसम्म कतैबाट पहल नभएको उनीहरूको भनाइ छ । नेपाली ७० देखि ७५ जनासम्म रहेको तथा अन्य बंगलादेश, श्रीलंका, इन्डियन गरी २५० जना अलपत्र अवस्थामा रहेको बताएका छन् । कुवेतमा पछिल्ला केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरू अलपत्र पर्ने क्रम बढेको छ ।

दस हजारको रसिद दिएर २ लाख ५० हजारसम्म असुली

यसैबीच पीडितहरूलाई मेनपावरले राम्रो कम्पनी तथा आकर्षक तलब हुने भन्दै प्रतिव्यक्ति डेढ लाख देखि २ लाख ५० हजारसम्म लिएर कुवेत पठाएको पाइएको छ । पीडितहरूका अनुसार मेनपावरले कुवेतको राम्रो कन्ट्राक्टिङ कम्पनी भनेर चर्को रकम लिएर पठाएको भएपनि यहाँ त्यस्तो राम्रो नभएको बताएका छन् ।

मेनपावरले फ्री भिसा फ्री टिकटको नाममा विदेश जाने हरेक श्रमिकहरूलाई दस हजारको रसिद थमाएर लाखै रुपैयाँ असुली गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : २८ बजे

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति

शिक्षामन्त्रीद्वारा गजेन्द्रनारायण सिंह अस्पतालको स्थलगत अवलोकन, बविताकुमारी पासवानसँग भेट

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह

राष्ट्र बैंकको ‘जोखिम व्यवस्थापन मार्गदर्शन २०२६’ : वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा लागू गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूमा तीन तहको सुरक्षा ढाँचा

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट