‘नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ’  « Khabarhub

‘नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ’ 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित  साधारणसभामा उनले  स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे। संरक्षकसमेत रहेका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने  स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए।

महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष  डा नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, निर्मला कोइराला, निरञ्जन रिजालले स्व कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरिब एवं सीमान्तकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवा बञ्चित नहुने विचार राखे। 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५२ बजे

भृकुटीमण्डपमा एमाले चुनावको रन्को: मतदान बेलुका ७ बजेदेखि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय महाधिवेशनको

युद्ध रोक्न कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नुपर्छ : थाइल्यान्ड

एजेन्सी– थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा 

पोखरा– नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु

हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल

एजेन्सी– पाकिस्तानको एक आतंकवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका

अन्तर्राष्ट्रिय आप्रवासन दिवस साताव्यापी रूपमा मनाइने 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको अन्तर्राष्ट्रिय