‘नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ’  « Khabarhub

‘नोना कोइरालाले गरिब जनतालाई महत्वपूर्ण सहयोग गर्नुभएको छ’ 


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्व नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको आज विराटनगर महानगरपालिका–४ स्थित इक्राहीमा आयोजित  साधारणसभामा उनले  स्व कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पूरा गरेको विचार व्यक्त गरे। संरक्षकसमेत रहेका डा कोइरालाले प्रतिष्ठान सेवामुलक संस्था भएकाले मुलुकलाई आवश्यक पर्ने  स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता औँल्याए।

महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हकहित स्थापनामा स्व कोइरालाको ठूलो योगदान रहेको चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष  डा नारायण कुमार, उपाध्यक्ष हसन अन्सारी, गोपालमान सिंह राजभण्डारी, पूर्वप्रदेशसभा सदस्य शान्ता पौडेल, निर्मला कोइराला, निरञ्जन रिजालले स्व कोइरालाले देखाएको बाटो अनुसरण गरेमा गरिब एवं सीमान्तकृत नागरिक शिक्षा एवं स्वास्थ्य सेवा बञ्चित नहुने विचार राखे। 

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ६ : ५२ बजे

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेलबर्न- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा