धनगढीमा बेहोस फेला परेका युवकको निधन « Khabarhub

धनगढीमा बेहोस फेला परेका युवकको निधन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा बेहोस फेला परेका एक युवकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय आलोक थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो ।

करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका उनी घरमा बेहोस अवस्थामा फेला परेका थिए । हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन गएका थिए ।

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेको र उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए ।

अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ०९ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक