ईयूले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने « Khabarhub

ईयूले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने, सहयोग तत्काल रोकिने


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) ले नाइजरमा भएको विद्रोहलाई मान्यता नदिने बताएको छ ।

ईयूले यसै साता सत्ता कब्जा गर्ने नाइजरका विद्रोहीलाई मान्यता नदिने र जिहादी प्रभावित देश नाइजरसँगको सुरक्षा सहयोग स्थगन गर्ने शनिबार घोषणा गरेको हो ।

सन् २०११ देखि नाइजरको राष्ट्रपतिको नेतृत्व गर्दै आएका जनरल अब्दुरामाने चियानीले शुक्रबार राष्ट्रिय टेलिभिजनमा आफूलाई समस्याग्रस्त पश्चिम अफ्रिकी देशको प्रमुख घोषणा गरेका थिए ।

अफ्रिकाको साहेल क्षेत्रमा भएको पछिल्लो ‘कू’ मा राष्ट्रपतिको सुरक्षा गार्डले लोकतान्त्रिक विधिबाट निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएको थियो र उहाँलाई बुधबार राजधानी नियामीस्थित उनको सरकारी निवासमा थुनेको थियो ।

छिमेकी मुलुक माली र बुर्किना फासोले पनि सन् २०२० देखि इस्लामिक स्टेट समूह र अलकायदासँग सम्बन्धित जिहादीहरूको लामो समयदेखि चलेको विद्रोहविरुद्ध लडिरहेका बेला दुई पटक सैन्य ‘कू’ गरेका छन् ।

“ईयूले नाइजरका अधिकारीहरूलाई मान्यता दिँदैन,” युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ जोसेप बोरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले भने, “सुरक्षा क्षेत्रमा हुने सबै सहयोग तत्काल प्रभावकारी हुनेगरी अनिश्चितकालका लागि स्थगन गरिएको छ ।

नाइजरका वैध राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न र उनी र उनको परिवारको सुरक्षाका लागि ‘कू’ मा सहभागी सैनिक नेताहरूलाई जिम्मेवार ठह¥याउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बोरेलले पश्चिम अफ्रिकाको क्षेत्रीय ब्लकले लिने भावी निर्णयलाई समर्थन गर्न ईयू तयार रहेको बताएका छन् ।

नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका नेताहरूले आइतबार अबुजामा बैठक गर्ने बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : २१ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने