बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शुक्रबार राति अन्दाजी १२ बजेको समयमा राप्ती सोनारी गाउँपालिका –४, हुलाकी राजमार्गअन्तर्गत लट्ठापुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका ३० बर्षीय राम थारुको मृत्युभएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए ।

इन्चार्ज आचार्यका अनुसार उक्त मोटरसाइकलमा तीनजना सवार रहेको र मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मोटरसाइकल चालक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इन्चार्ज आचार्यले जानकारी दिए ।

मोटरसाइकल सवार अन्य दुई जना राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका २७ बर्षीय हेमकुमार थारु र सोही ठेगानाका ३० बर्षीय प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको वरिष्ठ सई आचार्यले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ४१ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा