बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

खजुरा – बाँकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

शुक्रबार राति अन्दाजी १२ बजेको समयमा राप्ती सोनारी गाउँपालिका –४, हुलाकी राजमार्गअन्तर्गत लट्ठापुर चोकमा बा ५५ प ५०३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका ३० बर्षीय राम थारुको मृत्युभएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए ।

इन्चार्ज आचार्यका अनुसार उक्त मोटरसाइकलमा तीनजना सवार रहेको र मोटरसाइकल अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मोटरसाइकल चालक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको इन्चार्ज आचार्यले जानकारी दिए ।

मोटरसाइकल सवार अन्य दुई जना राप्ती सोनारी गाउँपालिका –३, बनघुस्रीका २७ बर्षीय हेमकुमार थारु र सोही ठेगानाका ३० बर्षीय प्रकाश थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको वरिष्ठ सई आचार्यले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ९ : ४१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन