किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ? « Khabarhub

किन लाग्छ बाडुली ? कसैले सम्झिएरै हो त ?


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

बाडुली (हिक्का) सबै मानिसलाई लाग्ने गर्छ । नेपाली समाजमा बाडुली लाग्नुलाई कसैले सम्झियो भनेर बुझ्ने गरेको पाइन्छ । के बाडुली लाग्नु भनेको कसैले सम्झिएकै हो त ? 

हामीलाई सामान्य रुपमा छिटोछिटो वा हतार हतार खाना खाँदा, तातो खानासँग चिसो हल्का पेय पदार्थहरू पिउँदा, धेरै पिरो वा मसलादार खानेकुराहरू खाँदा, जोडले हाँस्दा बाडुली लाग्ने गर्छ ।

सामान्यतयाः बाडुली केही मिनेट रहन्छ र पछि आफैँ ठीक हुन्छ । सामान्य अवस्थामा लागेको बाडुली पानी पिउँदा पनि हराएर जान्छ । तर कसैकसैलाई भने यो लामो समयसम्म पनि रहन्छ । २४ घण्टाभन्दा बढी समयसम्म बाडुली लागिरह्यो भने स्वास्थ्यमा गम्भीर समस्याको कारणले हुने चिकित्सकहरू बताउँछन् ।

बाडुली लाग्नुलाई फोक्सो र वरिपरिका मांसपेशीहरूमा अचानक आउने खुम्च्याइलाई बुझिन्छ । यसरी मांसपेशी खुम्चिँदा श्वास नली बन्द हुन्छ जसका कारण हिक्क–हिक्क आवाज आउँछ । यो अवस्थालाई हामी बाडुली लागेको भन्दैछौँ ।

अहिलेसम्म यही कारणले  बाडुली लागेको भनेर वैज्ञानिकहरूले किटेर भन्न सकेका छैनन् । तर बाडुली लाग्ने स्थिति हाम्रो मेरुदण्डको भागमा रहेको फ्रेनिक स्नायुमा पैदा हुने दबाबले निम्त्याउँछ ।

उक्त स्नायुले हाम्रो डायफ्रमको गति र श्वासप्रश्वासको क्रियालाई पैदा र नियन्त्रण गरिरहेको हुन्छ । यसका साथै ट्युमर वा मिर्गौलाका केही रोगहरू लाग्दासमेत बाडुली लाग्न सक्छ ।

त्यसैगरी लगातार लामै समयसम्म बाडुली लाग्यो भने स्नायु प्रणालीमा डिसअर्डरसँग जोडिएको हुनसक्छ । 

जस्तैः स्टेरोइडट्र्याक्विलाइजर जस्ता औषधिको कारण पनि बाडुली लाग्छ । यसका साथै एन्सेफ्लाइटिस, मेनिन्जाइटिस, मेटाबोलिक डिसअर्डर, मधुमेह, मिर्गौला फेल जस्ता समस्यासँग बाडुली लाग्नुको कारण हुनसक्छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै