विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ | Khabarhub Khabarhub

विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ ।

प्रहरीले पक्राउ गरेका पूर्वअफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतङ्कवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए।

न्युयोर्क टाइम्सका अनुसार  रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरबाट पक्राउ गरिएको थियो।

समाचार अनुसार ४७ वर्षीय रोबर्ट जे ओनिललाई बुधवार फ्रिस्कोमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको थियो। तर, पक्राउ परेको केही घण्टामै २ लाख ८८ हजार धरौटीमा रिहा भएको समाचार बाहिरिएको थियो ।

सन् २०१४ मा ओनिलले आफैँले खुलासा गरेका थिए कि उनले २०२१ को पाकिस्तानमा आतङ्कवादीको कम्पाउन्डमा छापा मार्ने क्रममा गोली चलाएको थियो, जसले बिन लादेनलाई मारेको थियो। यद्यपि अमेरिकी सैन्य अधिकारीहरूले ओनिलको दाबीलाई कहिल्यै पुष्टि गरेका छैनन् । 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ३५ बजे

फुङलिङ–पाथीभरा साइकलयात्रा

ताप्लेजुङ– ताप्लेजुङ पर्यटन महोत्सव आयोजक समितिले जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरादेखि

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख