बेलायतमा १४औँ नेपाली मेला सम्पन्न  « Khabarhub

बेलायतमा १४औँ नेपाली मेला सम्पन्न 


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

लन्डन– ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुला मैदानमा १४औँ नेपाली मेला सम्पन्न भएको छ ।

तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता  विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी बिक्री स्टलहरू राखिएका थिए ।

मेलामा विभिन्न सङ्घसंस्थाहरूका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरूले पनि सांगीतिक प्रस्तुति दिए ।

मेलामा सहभागी झाँकीहरुलाई प्रोत्साहनस्वरूप उत्कृष्ट झाँकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीन सय र तृतीय हुनेलाई २०० पाउण्ड प्रदान गरियो । यस्तै, सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत  गरिएको थियो ।

झाँकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीन सय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७०० पाउण्ड एवं तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान  गरिएको थियो ।

नेपाली मेलामा २०२३ तथा १४औँ नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ ।

नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।

यस वर्षको ‘तमुधि युके प्रेसिडेन्ट च्याइस’ पुरष्कारद्वारा पास पुच गुठी युके पुरस्कृत भएको छ । झाँकीमा तामाङ समाज युके, चार भन्ज्याङ तमु समाज युके र स्याङ्जा समाज युकेले सान्त्वना पुरष्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले सान्त्वना पुरस्कार पाए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ७ : ५२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग