एमसीसीका उपाध्यक्ष क्यामरन अलफोर्ड आज नेपाल आउँदै « Khabarhub

एमसीसीका उपाध्यक्ष क्यामरन अलफोर्ड आज नेपाल आउँदै


१२ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड आज नेपाल आउँदै छन् ।

नेपालमा एमसीसी आयोजनाको औपचारिक शुरुवातका लागि उनी आज अपरान्ह नेपाल आउन लागेका हुन् ।

करीब ७० करोड डलरको एमसीसी परियोजनाको भोलि उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ । तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

भोलि उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ ।

औपचारिक शुरुवात भएको पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ९ : ३० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको