डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु | Khabarhub Khabarhub

डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ ।

बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो । एक साताअघि घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उनलाई परिवारजनले उपचारका लागि धनगढी लगेका थिए ।

भारतबाटै डेङ्गुको संक्रमण भएको वा यहाँ फर्केपछि सङ्क्रमण भएकोबारे जानकारी हुन नसकेको वडाध्यक्ष रानाले बताए ।

डेङ्गु सार्ने लामखुट्टेका लार्भा तथा फुल नष्ट गर्नका लागि वडामा विशेष अभियान सञ्चालन गर्नका लागि नगरपालिकालाई अनुरोध गरिएको वडाध्यक्ष रानाले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १० : ०३ बजे

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले

मौलिक हकप्रति जनताको आकर्षण छैन

कानुन र निर्देशिकाले सरकार अनि संसद्को सञ्चालन कसरी गर्ने भन्ने

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

बैतडी– बैतडीमा गाडीको ठक्करबाट एक सशस्त्र प्रहरीको मृत्यु भएको छ

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको कीर्तिमानी लक्ष्य, मंगोलियासामू ३१५ रनको चुनौती

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले

विनोद चौधरीको भारतमा रहेका कम्पनीमा छापा

काठमाडौँ– उद्योगपति विनोद चौधरीको भारतको जयपुरमा रहेको सीजी फुड इन्डिया