ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्न एमालेको माग | Khabarhub Khabarhub

ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्न एमालेको माग


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे ।

उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवर्द्धनमा असर पुग्ने धारणा राखे । ‘देशको अवस्था सुधार गरी सुशासन प्रवर्द्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने ।    

उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ५२ बजे

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा

अनलाइनमार्फत ठगी धन्दामा संलग्न युवती पक्राउ

काठमाडौं– अनलाइनमार्फत ठगी गरेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको