ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्न एमालेको माग « Khabarhub

ललिता निवास प्रकरणका दोषीलाई कारबाही गर्न एमालेको माग


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न दोषीलाई छानबिन गरी कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा प्रमुख सचेतक गिरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा कीर्ते मुद्दा लगाएर दोषीलाई उम्काउने खेल भइरहेको दाबी गर्दै भ्रष्टाचारसँग जोडिएका सबै विषयको छानबिन गर्न माग गरे ।

उनले भ्रष्टाचार र अनियमिततासँग जोडिएका ठूला अभियुक्तलाई कानुनी दायरामा ल्याइनुपर्ने खाँचो औँल्याए । उनले भ्रष्टाचार र तस्करीले आम जनतामा निराशा छाएको र यसले सुशासन प्रवर्द्धनमा असर पुग्ने धारणा राखे । ‘देशको अवस्था सुधार गरी सुशासन प्रवर्द्धन हुनुपर्छ । प्राप्त उपलब्धि गुम्नसक्ने अवस्था रहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्छ’, प्रमुख सचेतक गिरीले भने ।    

उनले ललिता निवास प्रकरणका दोषी, सुन तस्करमा संलग्नको पारदर्शी ढङ्गले छानबिन गर्न सरकारसमक्ष माग गरे । उनले पछिल्ला दिनमा जातीय सद्भाव भड्काउने र द्वन्द्व निम्त्याउने खालका गतिविधि भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ५२ बजे

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण