उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूतबीच भेट « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूतबीच भेट


१२ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गरेका छन्  ।

आज गृह मन्त्रालयमा भएको सो भेटमा उहाँहरूबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा पुर्‍याएको सहयोगप्रति आभार दिए । 

नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

 उपप्रधानमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा कोरियाली साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेको बताए । 

रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकामा धन्यवाद दिँदै उनले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्नसमेत आग्रह गरे ।

काठमाडौँ र सोलबीच सिधा हवाई उडान सम्पर्क स्थापना गर्न सकेमा नेपाल आउने दक्षिण कोरियाली पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक–नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनको भनाइ थियो । गृहमन्त्री श्रेष्ठले नेपाल भ्रमण गर्ने कोरियाली नागरिकको सुरक्षामा निश्चिन्त हुनसमेत आग्रह गरे ।

भेटमा राजदूत पार्कले शान्ति, नागरिक सम्बन्ध र समृद्धि नेपाल-दक्षिण कोरिया सम्बन्धका आधार भएको बताए । ‘इपिएस’अन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको उनले बताए ।

इपिएस र कोइकामार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । राजदूत पार्कले दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार  रहेको र सामसुङलगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ७ : ०७ बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा