सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग « Khabarhub

सांस्कृतिक सम्पदाको संरक्षण गर्न माग


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय राजधानी काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन सांसदहरुले आग्रह गरेका छन्  । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद प्रेमबहादुर महर्जनले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न जात्रा र पर्व सुरु हुन लागेकाले ती क्षेत्रको सडक मर्मत र सरसफाइलाई ध्यान दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद महर्जनका अनुसार यही भदौँ १४, १५ र १६ गते जनैपूर्णिमा, गाईजात्रा र मर्तिया जात्रा सुरु हुँदैछ । प्रत्येक मठमन्दिर, सफा गर्न र भक्तजनलाई दिनभर घुम्ने वातावरणका लागि हिलाम्मे सडकको चाँडो मर्मत गर्न माग गरे ।

उनले जीवन्त संस्कृतिक सम्पदालाई सधैँ जगेर्ना गर्न उचित कोषको व्यवस्था गरिनुपर्ने भन्दै यस्ता सांस्कृतिक धरोहरलाई बचाउन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

सांसद दामोदर पौडेल बैरागीले पर्यटकीय सिजन सुरु हुन लागेकाले देशका प्रमुख पर्यटकीय क्षेत्र पोखरा र आसपासका पर्यटकीय गन्तव्य पुग्ने सडक जीर्ण बनेको भन्दै पर्यटकीय गन्तव्य जोड्ने सडकको चाँडो मर्मत गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद रामप्रकाश चौधरीले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन, कृषि, ऊर्जा, पर्यटनलगायतलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद शान्ति विकले संसद्लाई जग हसाइको थलो नबनाई देश र जनताप्रति इमानदार र प्रतिनिधिमूलक थलोका रुपमा स्थापित गर्न माग गरे ।

उनले जातीय धार्मिक र पहिचानको नाममा सामाजिक सद्भाव भड्काउने प्रयास भइरहेको भन्दै सबै सरोकारवाला सचेत रहन अनुरोध गरे । सांसद प्रभु हजराले राष्ट्रिय गौरवका आयोजनाको कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । 

उनले सबैखाले भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि छानबिन समिति गठन गरिनुपर्ने माग गरे । सांसद सरस्वती बजिमयले केही दिनदेखिको लगातारको वर्षाले पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको, प्राकृतिक प्रकोपजन्य घटनामा ठूलो धनजनको क्षति पुगेको र सडक, घर र बस्तीमा क्षति पुगेको भन्दै संघीय सरकारले बजेट व्यवस्थापन गरेर जनतालाई राहत र बसोबासको व्यवस्था मिलाउन माग गरे ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ३ : १७ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा