बागलुङमा ६० हजार मेट्रिक टन आलु उत्पादन | Khabarhub Khabarhub

बागलुङमा ६० हजार मेट्रिक टन आलु उत्पादन


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ ।

केन्द्रले आलु प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन् ।

गत आर्थिक वर्षमा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा रु तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ । ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धका लागि छुट्याइएको छ । चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि रु आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ ।

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन् । आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बीऊ, कृषि आँैजारदेखि बजारीकरणमा सहयोग पु¥याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए ।

“कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ”, पुनले भने, “उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पु¥याउँछौँ ।” गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो । किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ४ : ०३ बजे

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका

सञ्चारमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्व सूचना समाज सम्मेलनमा

केन्द्रीय कमिटीले विधान महाधिवेशनमा ७० वर्षे उमेर हद हटाउने प्रस्ताव लैजान्छ : महासचिव पोखरेल  

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा